२०८१ बैशाख ११ मंगलवार

प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न प्रहरीको समिति गठन

 

काठमाडौंको बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयले प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन भएको हो । समितिमा उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक ‘एसपी’ सिताराम रिजाल सहित पाँच जना रहेका छन ।

समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेबारी दिइएको छ । घटनापछि बालालु वृत्तका प्रहरी नायव उपरीक्षक डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको आरोपमा रानीपोखरी तानिएको छ । माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको बा २ झ १४४ र बा १ झ ७२२४ नम्बरको गाडी जलाएका थिए । सोही समूहले नयाँ बसपार्कको ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केटबाट मोबाइल लगायतका सामाग्री लुटपाट गरेको थियो ।।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 1 Minute 239 Views

ताजा समाचार