२०८१ बैशाख ११ मंगलवार

सांसद चन्द्र भण्डारीकी आमाको मृत्यु, भण्डारीलाई मुम्बई लैजाने तयारी

झापा । ग्यास सिलिन्डर विस्फाेट दुर्घटनामा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बतायो ।

आमासँगै दुर्घटनामा घाइते भएका भण्डारीलाई भने थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । थप उपचारका लागि मुम्बईस्थिन नेसनल बर्न सेन्टरका चिकित्सकहरूसँग कुराकानी भइरहेको र केही समयमै भारत लैजाने तयारी भइरहेको स्वास्थ्यमन्त्री पदम गिरीले बताएका हुन् । नयाँ पत्रिकाबाट

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 0 Minutes 232 Views

ताजा समाचार