२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगरमा लागू औषध मुद्दाका फरार मगर पक्राउ

मेचीनगर । लागू औषध मुद्दामा फरार मेचीनगर-१ का २९ वर्षीय सनत भन्ने नवराज राना मगर पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतले २०७८ माघ २६ गते वारेन्ट पुर्जी जारी भई लागू औषध मुद्दामा फरार मगरलाई प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले उनकै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा माघ २८ गते पक्राउ गरेको थियो । अदालतमा उपस्थित गराएकोमा बुधवार अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 1 Minute 419 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।