२०८१ बैशाख १४ शुक्रबार

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धुलाबारी माविलाई

मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको छ । दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण र ६ काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा गरेको हो ।

प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर -९ ले ६ स्वर्ण, ७ रजत र ६ कास्यसहित दोस्रो तथा बालसुबोधिनी मावि मेचीनगर-१४ ले ३ स्वर्ण, ५ रजत र ४ काँस्यसहित तेस्रो भएको छ ।

धुलाबारी माविले भलिबल , कबड्डी,  दौड र एथलेटिक्सका अधिकांश विधामा जीत हासिल गरेको विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए ।

धुलाबारी माविको खेल मैदानमा सोमबार सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगिता समापनमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल, सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईंलगायतले विजेता, उपविजेता खेलाडीलाई पुरस्कर वितरण गरेको शिक्षक रमेश दाहालले बताए ।

प्रतियोगितामा नगर भित्रका सामुदायिक र निजी गरी ४२ वटा विद्यालय सहभागी थिए।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 1 Minute 298 Views

ताजा समाचार