२०८१ बैशाख १२ बुधबार

सारस्वरनाथ मन्दिरबाट साढे चार किलो चाँदीको जलहरी चोरी

महाशिवरात्रिको पूर्वसन्ध्यामा सिरहाको प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी (शिवलिंगमा जडान गरिएको चाँदीको पाता) चोरी भएको छ । सिरहा नगरपालिका– १२, सारस्वर मा कमला नदीको पूर्वी तटमा रहेको प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट अज्ञात समूहले शिवलिंगमाथि जडान गरिएको साढे चार किलोको चाँदीको जलहरी मंगलबार राति चोरी गरेको छ ।

मन्दिरबाहिर र शिवलिंग रहेको कक्षभित्र पनि सिसिटिभी जडान गरे पनि अज्ञात समूहले शिवलिंगमा जडान गरिएको चाँदीको जलहरी चोरी गरेको छ । चाँदीका जलहरी चोरी गरेका चोरहरूले शिवलिंगबाहिर रहेको आधा किलोको तामाको नाग, दानपेटिकासमेत चोरी गरेका छन् । त्यससँगै उनीहरूले आफूलाई सुरक्षित राख्न सिसिटिभी क्यामेराको रिसिभर पनि चुँडाएर लगेको छ ।

स्थानीय राजन भारतीले पाँच वर्षअघि सारस्वरनाथ महादेवको शिवलिंगमा आफ्नो निजी लगानीमा चाँदीको जलहरी लगाएको सारस्वरनाथ महादेव मन्दिरका पुजारी सोभिलाल यादवले बताए । राति उठ्न खोज्दा ढोका थुनिएकोले समयमै छरछिमेकलाई खबर गर्न नसकिएको उनले बताए । चोरी भएको चाँदीको जलहरी पाँच लाख वढी मूल्यको रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले सारस्वरनाथ महादेव मन्दिरमा अवस्थित सारस्वरनाथ महादेवको शिवलिंगबाट जलहरी चोरी गर्ने चोरहरूको खोजी भइरहेको जनाएको छ । मन्दिरबाट चोरी भएको चाँदीको जलहरी चोरीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 0 Minutes 182 Views

ताजा समाचार