२०८१ बैशाख १४ शुक्रबार

सिद्धार्थ राजमार्गको बुटवल, पाल्पा, सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्णकार्य शुरु

सिद्धार्थ राजमार्गको बुटवल, पाल्पा, सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्ण गर्न प्रारम्भिक चरणको काम सुरु गरिएको छ । सिद्धबबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनु अघि निर्माण कम्पनीले डिजाइन गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको जनाएको छ ।

पाल्पा र बुटवल जोडने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्ण गर्न प्रारम्भिक चरणको काम अघि बढेको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा ढुंगा खस्ने समस्या बर्षौदेखि भएपछि सुरुङ निर्माण थालिएको हो । केही महिना अघि डिजाइन सकेर स्वीकृति पछि सुरुङ मार्ग निमार्णको काम प्रारम्भ भएको हो । अहिले सुरुङ्क मार्ग निर्माणका लागि सिद्धबाबा मन्दिर देखि एक किलोमिटर टाढा हेडबक्स भन्ने ठाउमा ड्राइभर्सन सडक बनाउने काम सुरु भएको छ ।

ड्राइभर्सन सडक बनाउने काम थालिएको ठाँउ सुरुङ निस्कने ठाँउ हो भने सिद्धबाबा मन्दिर परिसर सुरङको प्रवेश क्षेत्र हो । ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेसनका अनुसार सुरुङमार्ग ११ सय २६ मिटर लामो हुनेछ ।

आयोजनाका लागि करिव साढे ७ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सिद्धबाबा क्षेत्रमा एक हजार १ हजार १ सय २६ मिटरको सुरुङ मार्गबनाउने सम्झौता उल्लेख छ । सुरुङमार्ग करिव साढे ३ बर्षमा सकिने बताइएको छ ।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 0 Minutes 193 Views

ताजा समाचार