२०८१ बैशाख १४ शुक्रबार

टर्कीमा अझै उद्धार जारी, ७ जनालाई जिवितै उद्धार

टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ । शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरिएको छ । भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरिएको हो ।

यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन । यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन ।

सरकारी स्वामित्वको अनादोलु समाचार एजेन्सीका अनुसार १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनको दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पु¥याएको हो । सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको छ । विनासकारी भूकम्पले टर्की र छिमेकी मुलुक सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । टर्कीमा ३५,४१८ जनाको मृत्यु भएको छ भने सिरियामा हाल ५,८०१ को मृत्यु भएको छ ।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 0 Minutes 161 Views

ताजा समाचार