२०८३ जेष्ठ २१ बिहीबार

राजनीतिमा रूपान्तरणसहित यी ४ विषयमा विमर्श जरूरी छ: विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले राजनीतिमा रूपान्तरणसहित चार विषयमा विमर्श जरूरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिन प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि विमर्श जरूरी रहेको बताएका हुन्।

‘यी चार विषयमा गम्भीर राष्ट्रिय विमर्श जरूरी छ,’ उनले भने, ‘सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरू, मिडिया र समाजलाई विनम्र अनुरोध गर्दछु।’

उनले आफू हालसालै इलामस्थित प्रेम आचार्यको घर पुगेर आएको प्रसंग पनि सुनाएका थिए। आचार्यले गत माघ १० गते नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारका क्रममा निधन भएको थियो। शर्माले आत्महत्याका दरसमेत पछिल्लो समय वृद्धि भइरहेको र यसको कारण व्यक्तिको आकांक्षा र परिवेशबीच असन्तुलन रहेको बताए।

‘असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ,’ शर्माले भने।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 0 Minutes 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।