२०८१ बैशाख १५ शनिबार

नयाबसपार्क भित्र रहेको ल्होत्से मलमा लुटपाट

 

सोमबार यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलका पसलमा तोडफोड र लुटपाट भएको छ । पसलहरू तोडफोड र लुटपाट हुँदासमेत प्रहरी मुकदर्शक भएको भन्दै व्यवासयीले आक्रोश व्यक्त गरेका छन् ।

यातायात मजदुरहरूको आन्दोलनका कारण नया बसपार्क क्षेत्र सोमबार तनाब ग्रस्त बन्यो । प्रदर्शन सरकारले लिएको नीति प्रति भएपनि निशानामा मलका व्यवसायी परे । दिनभर सवारी तेर्साएर आवागमन अवरुद्ध गरेका यातायात मजदुरहरुको आन्दोलन साँझ सम्मै थियो । त्यहि मौकामा भिडबाट एउटा समूहले लोत्से मलका पसलमा तोडफोड र लुटपाट गरे ।

व्यवसायीहरुले समयमा नै प्रहरी परिचालन नहुँदा आफूहरूले करोडौँको क्षति व्यहोर्नुपरेको दावी गरेका छन् । व्यवसायीहरुले पसल लुटपाट हुँदा प्रहरी प्रशासन सुरक्षामा चुकेको बताए । दिनदाहडै यस्ता घटना हुँदा राज्य निरिह बनेको समेत आरोप लगाएका छन् ।

यातायात मजदुरहरूको आन्दोलनका नाममा पसलहरूमाथि तोडफोड र लुटपाट हुनु ल्होत्से मलकै गल्ती भएको यातायात मजदुर नेताहरुले बताएका छन् । तर व्यवसायीहरुले भने आन्दोलनका क्रममा भएका क्षतिको जिम्मा सरकार र यातायात व्यबसाहिले लिनुपर्ने माग राखेका छन् । यदि माग पुरा नभए कडारुपमा आन्दोलनमा उत्रिन चेतावनी समेत दिएका छन् ।

ट्राफिक प्रहरीको कारबाही विरुद्ध बालाजु माछा पोखरी क्षेत्रमा आन्दोलन हँुदा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट भएको थियो । व्यवसायीहरुले करोडौको मोवाइल लुटपाट भएको बताएका छन् । उनिहरुले राजधानीमै दिन दाहाडै असुरक्षित हुनुपर्दा व्यवासाय गर्न नसकिने बताएका छन् । व्यवसायीहरुले एउटाको माग सम्बोधनका लागि गरिएको आन्दोलनले अर्को व्यवसायीमाथि ठूलो घाटा पुर्याउन नहुने गुनासो गरे ।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 1 Minute 286 Views

ताजा समाचार