२०८१ बैशाख १३ बिहीबार

अनेरास्ववियू काँकरभिट्टा क्याम्पस कमिटी गठन, अध्यक्षमा राजवंशी

काँकरभिट्टा । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको प्रारम्भिक कमिटी गठन भएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भएको भेलामा प्रमुख अतिथि अनेरास्ववियू झापा अध्यक्ष हरि भट्टराईले विद्यार्थीहरूले नै समाजलाई परिवर्तन गर्ने भएकाले एकजुट भएर अगाडि बढ्न आग्रह गरे । उनले समाजमा भएका विकृति र विसङ्गति अन्त्यका लागि र देश निर्माणमा युवा विद्यार्थीको भूमिका महत्वपूणर् रहेको बताए । उनले गलत र सहीलाई छुट्याएर गलतकाबिरुद्धमा अगाडि बढ्नुपर्नेमा जोड दिए । अनेरास्ववियू झापा उपाध्यक्ष बिनम सरदारले विद्यार्थीले निःशुल्क र सर्वसुलभ शिक्षाका लागि सम्पूणर् विद्यार्थी एकजुट हुनुपर्ने कुरामा जोड दिए ।

अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसका निर्वतमान अध्यक्ष बिनम सरदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियूका झापा अध्यक्ष हरि भट्टराई, सहसचिव अनुषा अर्याल, सदस्य बिश्वास दाहाललगायतले विद्यार्थी हकहित प्राप्तिका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भेलाले सुरज राजवंशीको अध्यक्षतामा ८५ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष उद्धव सुवेदी, गंगा बस्नेत, महासचिव शैलेश निरौला, सचिव मानव ढुङ्गेल, सह-सचिव पुजा पाण्डे, पुर्निमा प्रसाईँ, सुवराज लामिछाने, कोषाध्यक्ष स्वस्तिका पौडेल, सदस्यहरू समीर राई, श्रृया खड्का, गरिमा दाहाल, श्याम तिम्सिना, बिशाल विष्ट, आर्दश सापकोटा, अल्सा ढकाल, दिपिका श्रेष्ठ, दिक्षा खड्का, श्रृजना ढुङ्गाना, युगेन लोहार, दिपेश खड्का, सुमन खड्का, ज्ञानबहादुर श्रेष्ठलगायत रहेका छन् ।

अनेरास्ववियू झापा सह-सचिव अनुषा अर्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिश्वास दाहालले गरेको थिए ।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 1 Minute 274 Views

ताजा समाचार