२०८१ बैशाख ७ शुक्रबार

मेचीनगरबाट महाअभियानको उद्घाटन, पूर्व राजादेखि पूर्वपञ्चहरुको उपस्थिति,बिष्टले भने-‘आजको दिन कालो पनि हो सेतो पनि हो’

मुक्ति पौडेल
काँकरभिट्टा । मेचीनगर-७ स्थित प्यारीभिट्टा बस पार्कबाट मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘महाअभियान’को उद्घाटन भएको छ ।

आज (सोमबार) झापा मेचीनगरस्थित प्यारीभिट्टा बस पार्कको मैदानमा एक कार्यक्रमका बीच पूर्व राजा ज्ञानेन्द्र शाहले पानसमा दीप प्रज्वलन र सेता परेवा उडाएर सो अभियानको उद्घाटन गरेका थिए । ‘राष्ट्र, राष्ट्रियता, धर्म ,संस्कृति र नागरिक बचाऔँ महा अभियान ’को उद्घाटन कार्यक्रममा राजतन्त्रको पक्षमा उपस्थिति सयौँले नारावाजी समेत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय शक्तिका नेता केशरबहादुर बिष्टले आजको दिन कालो र सेतो दिन भएको बताए । मन्तब्यका क्रममा उनले जनयुद्धप्रति लक्षित गरेर कालो दिन भएको बताए भने महाअभियानको थालनी भएकोमा सेतो दिनको रुपमा चित्रित गरेका थिए । कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रको उपस्थिति भइरहँदा उपस्थित राजतन्त्रका पक्षधरहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए ।
ब्यापक जनसहभागिता रहेको सो कार्यक्रमा पूर्व युवराज पारसविक्रम शाहसँगै पूर्व राजका सुपुत्रीहरुको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रमा राप्रपाका नेता रामकुमार सुव्वा, दिपेन्द्र कँडेल , सतिश पोखरेल लगायतले मन्त्ब्य राखेका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई संयोजक रहेको यो अभियानको उद्घाटन कार्यक्रममा वक्ताहरुले अधिकाँश समय गणतन्त्रको औचित्य नभएको भनेर जिकिर गरेका थिए ।
उत्साहित देखिएका थिए पूर्व राजा महाअभियान कार्यक्रममा सरिक हुन आएका पूर्व राजा कार्यक्रम स्थल र मञ्चमा निक्कै उत्साहित देखिएका थिए । उपस्थित जनसहभागिता र राजतनत्रको पक्षमा भएको नारावाजीले पूर्व राजा उत्साहित देखिएको अनुमान लगाउन सकिन्छ ।

सयौँको संख्यामा कार्यक्रम स्थलमा रहेका सहभागिहरुले ‘राजा आउ देश बचाउ ’ भनेर नारावाजी गरेका थिए । करिब २४ मिनेटसम्म पूर्व राजा कार्यक्रममा बसेका थिए ।

२०७९ फाल्गुन १, सोमबार प्रकाशित 1 Minute 821 Views

ताजा समाचार