![](https://janasamsad.com/wp-content/uploads/2023/02/1676176399_80057.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिका-४ स्थित गैरीगाउँबाट एक लाख १२ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १ लाख १२ हजार रुपैयाँको अवैध सामान बरामद गरेको हो ।
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको कपडा, झोला र विभिन्न पूजामा प्रयोग हुने सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०७९ माघ २९, आईतवार प्रकाशित
1 Minute
386 Views