२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगरमा एक लाख बढीको सामान बरामद

मेचीनगर । मेचीनगर नगरपालिका-४ स्थित गैरीगाउँबाट एक लाख १२ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १ लाख १२ हजार रुपैयाँको अवैध सामान बरामद गरेको हो ।

प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको कपडा, झोला र विभिन्न पूजामा प्रयोग हुने सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०७९ माघ २९, आईतवार प्रकाशित 1 Minute 542 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।