काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका र सशस्त्र प्रहरी बल २ नम्बर गण झापाको समन्वयमा नगरपालिकाको सभाहलमा जारी १८ दिनको तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरीले दिएको उक्त विपत व्यवस्थापन तालिममा स्थानीय र नगर प्रहरी गरेर २० जनाको सहभागिता रहेको थियोे ।

प्रशिक्षार्थीहरुलाई स्थानीयस्तरमा आइपर्ने विभिन्न विपतजन्य अवस्थालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएको थियोे । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बुधबार काँकरभिट्टा खेलमैदानमा प्रमाण पत्र वितरण तथा तालिममा सिकेका सिकाइहरुको प्रदर्शनी कार्यक्रम राखिएको थियोे ।



कार्यक्रममा सशस्त्र प्रहरी बराहा वाहिनीका प्रमुख डिआइजी कुमार न्यौपाने, झापा जिल्ला प्रशासन कार्यालय प्रमुख शिवराम गेलाल, सशस्त्र प्रहरी बल २ नम्बर गणका गणपति तुलबहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बू, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।


कार्यक्रमका अधिकांश वक्ताले यसप्रकारका कार्यक्रम नगरमा मात्रै नभएर वडा तथा टोल स्तरसम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



