२०८१ बैशाख १४ शुक्रबार

गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुद्वारा केन्द्रीय कार्यालयमा धर्ना

नेपाल विद्युत प्राधिकरण अन्तर्गत गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुले ज्यालादारी नियुत्तीपत्र उपलव्ध गराउनुपर्ने भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । समान श्रममा आधारित ज्याला पद्धतीको विकास गर्नुपर्ने र ज्यालादारी नियुक्ती पत्र उपलव्ध गराउनुपर्ने भन्दै गोटागन्ती मिटर रिडर संघर्ष समितिले काठमाडौको रत्नपार्कस्थीत केन्द्रीय कार्यालयमा धर्ना दिएाक हुन् । प्राधिकरणले गोटा गन्तिका मजदुरहरुलाई ज्यालादारीमा कायम नगरेको र प्राधिकरणको सेवा सुविधाबाट बञ्चित गरेको उनिहरुको आरोप छ ।

आन्दोलनरत कर्मचारीले उनिहरुले लामो समयदेखिनै मिटररिडरको काम गर्दै आएको भए पनि कुनै सेवा नपाएको गुनासो गरेका छन् । उनीहरुले गोटा नियुक्ती र वर्खास्त प्रक्रिया बन्द गर्नुपर्ने, सार्वजनिक विदा बाहेक बर्षमा १२ दिनसम्म भइपरि आउने विदा र ६० दिन सुत्केरी विदा दिनुपर्ने मागपनि राखेका छन् ।

२०७९ माघ २९, आईतवार प्रकाशित 0 Minutes 158 Views

ताजा समाचार