छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारतले आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्धता
काठमाडौँ- नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्नु भएको छ । उहाँले समाजिक संजाल मार्फत भारी वर्षाका कारण भएको जनधनको क्षति प्रति दु:ख ब्यक्त गर्दै आवश्यक पर्ने कुनै पनि खाले सहयोगका लागि तयार रहेको बताउनु भएको छ ।
”नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल एक्समा लेख्नु भएको छ ।नेपाल टिभी अनलाइनबाट ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



