२०८३ जेष्ठ २१ बिहीबार

सप्तरीको सप्तकोशीमा ६० घरपरिवार डुबानमा

सप्तरीको सप्तकोशीमा ६० घरपरिवार डुबानमा। तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, असोज १९ गते । सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका ६० घर परिवार डुबानमा परेको छ। त्रियुगा नदीको बाढी सो बस्तीमा पसेपछि डुबानमा परेको हो । डुबानमा परेकामध्ये अति प्रभावित छ घरपरिवारलाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो।

डुबानमा परेका परिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरिएको उहाँले बताउनुभयो ।

सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीमा आएको बाढी तटबन्धमाथि बगेर बोचही बस्तीमा पसेको प्रजिअ पोखरेलले बताउनुभयो। लगातार दुई दिनदेखिको वर्षाले जिल्लामा कहाँ कहाँ कति क्षति पुर्‍याएको र वस्तुस्थिति बुझ्न सुरक्षा निकायको दुई वटा अलअलग टोली खटाइएको उहाँले जानकारी दिनुभयो।गोरखापत्र अनलाइन

 

२०८२ आश्विन १९, आईतवार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।