२०८३ जेष्ठ २१ बिहीबार

पूर्वराजा ज्ञानेन्द्रद्वारा २०८२ को दशैंमा शुभकामना सन्देश

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको अवसरमा नेपाली जनताप्रति शुभकामना सन्देश व्यक्त गरेका छन्। निर्मल निवासबाट जारी सन्देशमा उनले नेपालको अखण्डता, सार्वभौमिकता, र स्वतन्त्रताको संरक्षण गर्न सबै नेपाली एकताबद्ध हुनुपर्ने उल्लेख गरेका छन्।

सन्देशमा राष्ट्र हाल चरम संकटमा रहेको भन्दै यो पर्व सांस्कृतिक र पारिवारिक सीमाभित्रै मनाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारिएको छ। साथै, विगतजस्तै वृहत्तर टीका जमरा कार्यक्रम आयोजना नहुने जानकारी पनि दिइएको छ।

पूर्वराजाले युवापुस्तालाई राष्ट्रको भविष्यको आधारस्तम्भ भन्दै राष्ट्रियता, अनुशासन र देशभक्तिको भावनाले अगाडि बढ्न आह्वान गरेका छन्।

जय नेपाल,न्युज अफ नेपाल

 

२०८२ आश्विन १२, आईतवार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।