२०८३ जेष्ठ २१ बिहीबार

पूर्वपदाधिकारीको सुविधा कटौती

काठमाडौँ, असोज ११ गते । सरकारले सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमबाहेकका सुविधा कटौती गरेको छ ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने सरकारको निर्णयबमोजिम उक्त सुविधा रोकिएको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टङ्कप्रसाद पाण्डेयले बताउनुभयो । सरकार (मन्त्रीपरिषद्) ले २०८२ असोज ५ गते यस विषयमा निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान हुने छ ।

कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न गराउनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले बताउनुभयो ।

गोरखापत्र अनलाइन

२०८२ आश्विन ११, शनिबार प्रकाशित 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।