२०८१ बैशाख १२ बुधबार

इन्डो- नेपाल भेट्रान फुटवल प्रतियोगिता : बिजेताले २ लाख पाउने

काँकरभिट्टा । काँकरभिट्टा भेट्रान फुटबल क्लबले इन्डो-नेपाल फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।विभिन्न खेलसँगै सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोरोना संक्रमणका कारण निरन्तर रुपमा आयोजन गर्दै आएको फुटबल प्रतियोगिता केहि वर्षदेखि सञ्चालन गर्न सकेको छैन् ।

काँकरभिट्टा मावीको खेल मैदानमा यही फागुन १८ गतेदेखि २८ गतेसम्म नेपाल-भारतका १० भन्दा बढी अनुभवी भेट्रान टिमको भिडन्त हुने क्लबका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले बताए ।

खेलमा भारतका सिलगुढी, सिक्किम र कोलकत्ताका क्लबहरु सहभागी हुनेछन् भने नेपालका काठमाडौं, पोखरा, चितवन, मोरङ्ग, सुनसरी र आयोजक क्लबका ए र बी टिमले सहभागी हुनेछन् ।करिब १५ लाखको खर्चमा सम्पन हुने. खेलमा प्रथम, द्वितीय, क्रमश २ लाख र १ लाख नगदसहित ट्रफी प्रदान गरिने छ ।

त्यस्तै, उत्कृष्ट खेलाडी १० हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट जेष्ठ खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्तालाई ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार प्रदान गरिने क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग बताए ।२०७१ सालमा स्थापना भएको भेट्रान फुटबल क्लबले बिगतमा धेरै फुटबल प्रतियोगिता सफलता पूर्वक सञ्चालन गर्दै आएको छ ।

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 586 Views

ताजा समाचार