न्युज अफ नेपाल
काठमाडौं ।

काठमाडौं महानगरपालिकाको कमलादीस्थित केन्द्रीय कार्यालय बुधबार दिउँसो ९भदौ ११० प्रहरीले कडाइका साथ घेराबन्दी गरेको छ । कवाड व्यवसायीहरूले कार्यालय घेराउ गर्ने चेतावनी दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त टोली परिचालन गरिएको हो ।
महानगर कार्यालय परिसर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएकामा पानीको फोहोरा प्रयोग गर्ने ‘वाटर क्यानन’ गाडी समेत स्ट्याण्डबाईमा राखिएको छ ।
कवाड व्यवसायी, संकलक तथा मजदुरहरू हालै महानगरले आफूहरूलाई व्यवसाय गर्न नदिएको, संरचना भत्काएको, ज्यादती र कुटपिट गरेको भन्दै आन्दोलित बनेका हुन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पेशा–व्यवसाय गर्ने हकको ग्यारेन्टी गर्न माग गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



