२०८३ जेष्ठ २९ शुक्रबार

रवि लामिछानेलाई कारागार सरुवा गरिने

काठमाडौँ- कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ ।

कारागार सरुवाका लागि निवेदन दिनुभएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार उक्त निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ ।

“कारागार सरुवाको निर्णय गरेर आजै पत्र पठाइसकेका छौँ”, “सूचना अधिकारी जोशीले भन्नुभयो, “सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ ।”नेपाल टिभी अनलाइनबाट ।

२०८२ श्रावण ३१, शनिबार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।