२०८१ बैशाख ११ मंगलवार

अर्थतन्त्रमा आउनसक्ने असहजता र आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा आउनसक्ने असहजता र आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको दावी गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई अर्धवार्षिक समिक्षामा सजगतापूर्वक विगतकै कसिलो नीतिलाई निरन्तरता दिइएको जनाएको हो । बैंकहरुले राष्ट्र बैंकबाट ओभरनाइट लिने ऋण लिँदा लाग्ने ब्याजदर कम भएकाले केही समयपछि कर्जाको ब्याजदरलाई घटाउने केन्द्रीय बैंकको विश्वास छ ।

राष्ट्र बैंकले सार्वजनिक वित्त व्यवस्थापन तथा सरकारको खर्च र आम्दानीको बीचमा असन्तुलन देखिएकाले आर्थिक स्थायीत्व राख्न चुनौति रहेको स्पष्ट पारेको छ । पछिल्लो समय वाह्य क्षेत्रमा स्थायित्व भएपनि अर्थतन्त्रका अन्य सूचकहरु दबाब रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अर्थतन्त्रका सबै सूचकहरुलाई ध्यानमा राखेर समयसम्म सजगतापूर्वक कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको स्पष्ट पारेको छ । तरलता र ब्याजदरमा देखिन लागेको सुधारलाई दिगो राख्ने कार्य भने चुनौतीपुर्ण रहेको बैंकको भनाइ छ ।

२०७९ माघ २७, शुक्रबार प्रकाशित 0 Minutes 158 Views

ताजा समाचार