२०८१ बैशाख १२ बुधबार

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदमा आफ्नो कार्यकालको अन्तिम सम्बोधन: देशमा सुधार गर्नुपर्ने पक्षहरूबारे संसद् र सरकारको ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा आफ्नो कार्यकालको अन्तिम सम्बोधन गर्दै देशमा सुधार गर्नुपर्ने पक्षहरूबारे संसद् र सरकारको ध्यानाकर्षण गराएकी हुन । उनले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्वपूर्ण भएको र लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका बताइन । कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेकाविषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि रहेको उल्लेख गरिन । देशको आर्थिक अवस्था जटिल मोडमा रहेको भन्दै राष्ट्रपति भण्डारीले तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन ।

राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन । कोभिड र डेंगुले केही समस्या सिर्जना गरे पनि त्यसलाई दोष दिएर उम्कन नमिल्ने उनको भनाइ छ । महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा उनको जोड छ । २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीको पाँचवर्षे दोस्रो कार्यकाल फागुन २९ गते सकिदैछ ।

 

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 152 Views

ताजा समाचार