२०८१ बैशाख ११ मंगलवार

सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमल शाहले सम्हाले पदभार

 

सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमल शाहले पदभार सम्हालेका छन् । आज पदभार ग्रहण संगै मुख्यमन्त्री शाहले भ्रस्टाचार सम्बन्धि धेरै कुरा बाहिर आएकाले त्यसको अन्त्यका लागी छानबिन गर्ने निर्णय गरेका छन् । प्रदेश सरकारमा भएको अनियमितता र भ्रष्टचारलाई नियन्त्रण गर्ने मुख्यमन्त्री शाहले पहिलो निर्णय गरेका हुन् ।

मुख्यमन्त्री शाहले आजै पद तथा गोपनियताको सपथ लिएका थिए । मुख्यमन्त्री शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएकाहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेशसभामा विश्वासको मत लिन असफल भएपछि एमाले नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार हिजो ढलेको थियो । त्यसलगत्तै कांग्रेसका शाह सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसको १९ सिट छ भने सरकारमा सहभागी बनेको नेकपा एकीकृत समाजवादीको चार सिट छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि यो गठबन्धनलाई अझै ४ सिट अपुग छ । मुख्यमन्त्री शाहले पनि अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ ।

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 417 Views

ताजा समाचार