२०८३ जेष्ठ २१ बिहीबार

खरेलले भेटे ‘दुर्लभ सर्प’

काकरभिट्टा । मेचीनगरका ६ काकरभिट्टाका चरा खोजकर्ता देवेन्द्र खरेलले दुर्लभ सर्प फेला पारेका छन । खरेलले केही समय अघि झापा र इलामको सिमाना क्षेत्र मेचीनगर १ मा भेटेर फोटो खिचेको सर्प सम्भवत नेपालकै लागि नयाँ सर्पका रुपमा रहेको बताइएको छ ।

हरेउ प्रजातिको सर्पलाई देवेन्द्र खरेलले रातो धर्के हरेउ भाले सर्पको नाम दिएका छन् । उक्त सर्प अहिलेसम्म नेपालमा दर्ता नभएको बताइएपनि त्यसको पुष्टि हुन बाँकी रहेको खरेलले बताए । यस्तो सर्पलाई गत बर्षको जुन महिनामा नै मेचीनगर ४ का सर्प तथा भ्यागुता अनुसन्धानकर्ता सन्दिप लुईटेलले देखेर पहिचान गरेको भए पनि फोटो भने खिच्न नापेको खरेलले बताए।

‘यो सर्प नेपालका लागि दुर्लभ सर्पमा पर्छ,’ खरेलले भने , ‘अनुसन्धान भइरहेको छ, चाँडै यसका बारेमा थप जानकारी आउने आशा गरेको छु ।’ यो सर्प अति विषालु सर्पका रुपमा रहेको खरेलले दाबी गरे । यो सर्पको लम्बाई करीब २५० सेन्टिमिटर रहेको छ । यो सर्प हेमोटक्सिक हो वा न्यूरोटक्सिक हो भन्ने यकिन भइनसकेको खरेलले जानकारी दिए।

२०८२ श्रावण १८, आईतवार प्रकाशित 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।