मेचीनगर। झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा स्कुल भ्यानमा दुर्घटना हुदा २१ जना घाइते भएका छन् ।
पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा भ्यान चालकसहित विद्यालयका बालबालिका र शिक्षक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर उत्तर पर्छ ।
घटनापछि धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते विद्यार्थी, शिक्षक र यातायात मजदुरको उद्धार गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



