२०८३ जेष्ठ २१ बिहीबार

जनप्रतिनिधि र पत्रकारबीचको फुटबल खेलमा पत्रकार टिम विजयी

मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ ।

वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।

कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको तर्फबाट बिश्वास दाहाल र गोविन्द घिमिरेले एक-एक गोल गरेका थिए भने जनप्रतिनिधिको टिमबाट बिशाल कार्कीले गोल गरेका थिए ।

पत्रकार र जनप्रतिनिधिहरु बिच मैत्रीभाव कायम राख्ने उद्देश्यले खेलको आयोजना गरिएको वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले बताए ।

उक्त खेल सकिएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर उपप्रमुख मिना उप्रेतीद्वारा पत्रकार टोलीका कप्तान डम्बर बराल र जनप्रतिनिधि टोलीका कप्तान मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ्गलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 672 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।