२०८१ बैशाख १५ शनिबार

धरानमा पुष्प प्रदर्शन मेला

 

धरानमा पाँचौ पुष्प प्रदर्शन तथा व्यापार मेला शुरु भएको छ । स्वदेशी फुलको प्रवद्र्धनका लागि सरकारी समन्वय नहुँदा समस्या परेको पुष्प व्यवसायीहरुको गुनासो छ ।धरानका पुष्प व्यवसायीहरुले कठिनाइका बाबजुद पनि पाँचौ संस्करणको पुष्प प्रर्दशनसम्म आइपुगेको बताएका छन् । पुष्प व्यवसायीहरु अहिले पनि व्यवसायिक बन्न नसकेको प्रदेश र स्थानीय सरकार समक्ष गुनासो पोखेका हुन् । स्वदेशी फूल प्रवद्र्धनका लागि प्रत्येक बर्ष मेलाको आयोजना गरिए पनि सरकारी सहयोग न्यून रहेकोले मुलुकमै पर्याप्त स्वदेशी फूल उत्पादन गर्न नसक्दा विदेशी फूलले बजार पिटेको गुनासो गरेका थिए ।

व्यवसायीहरुले सरकारले सहयोग नगर्दा व्यवसाय विस्तार गर्न नसकेको स्पष्ट पारेका थिए । उनीहरुले व्यवसायिक एकता नहुँदा पनि सबैलाई समेट्न नसकिएको बताए । उनीहरुले पुष्प व्यवसायमा तीनै तहको सरकारको सहयोग पुग्न नसकेको गुनासो थियो ।

प्रदेश नं. १ का उद्यँग, कृषि तथा सहकारी विकासमन्त्री भक्तिा प्रसाद सिटौलाले पुष्प व्यवसायमा धैर्यताको खाँचो भएको बताउनुभयो । उहाँले चाँडै नै मन्त्रालय यस सम्बन्धमा ठोस योजना अगाडि ल्याउने व्यवसायीलाई आश्वासन दिँदै भौगोलिक रुपले पनि नेपालमा पुष्प व्यवसाय गर्न नेपालमा प्रचुर सम्भावना भएको बताउदै उहाँले प्रतिष्पर्धी बजारलाई नेपाल सरकारले स्वीकारिकेको अवस्थामा विदेशी फूललाई आयातमा रोक लगाउन नसक्ने तर स्वदेशी उत्पादनलाई बढाएर आयात कर्म गर्न सक्ने सम्भावना भने बढी भएको बताउनुभयो ।

कोभीड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पूष्प व्यापार प्रदर्शनी मेला विहिबार बाट शुरु भएको हो । मेला २९ गतेसम्म सञ्चालन हुने छ । मेलामा ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने भनिए पनि २६ वटा स्टलमा सीमित रहेको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रहेका छन् ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 1 Minute 188 Views

ताजा समाचार