२०८३ जेष्ठ २१ बिहीबार

ऋषिराज तिम्सिनाले छाडे नेकपा(एमाले)

मेचीनगर । झापा धुलाबारीका नेकपा(एमाले)का युवा नेता ऋषिराज तिम्सिनाले नेकपा(एमाले)छाडेको घोषणा गरेकाछन् । मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका तिम्सिना मेचीनगर क्षेत्रका एमालेका परिचित कार्यकर्ता समेत रहेका थिए । सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले नेकपा(एमाले)परित्याग गरेको सार्वजनिक घोषणा समेत गरेकाछन् ।

 

उनले आजका मिति सम्म आफुलाई साथ दिने सबैलाई धन्यवाद समेत दिएकाछन् । तिम्सिनाले एमाले किन परित्याग गरे र आउने दिनमा उनको राजनीतिक यात्रा कुन दलसँग हुन्छ भन्ने विषय अहिले चासोको रुपमा रहेको छ ।एमाले मेचीनगर आशा लाग्दा युवा कार्यकर्ताले एमाले परित्याग गरेको घोषणाले राजनीतिक रुपमा मेचीनगर एमालेलाई घाटानै हुने देखिन्छ ।

२०८२ असार ५, बिहीबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।