२०८१ बैशाख १२ बुधबार

लुटपाट गरि हत्या गर्ने पक्राउ

काठमाडौंको धोविखोला करिडोर अन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । मोरङ सुन्दरहरैचाका राम बहादुर थापाले एकदिन अगाडी लुटपाट गरि पर्सा घर भइ टोखा बस्ने ध्रुव बहादुर खड्काको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । पक्राउ परेका थापाले बतिसपुतलीबाट ट्याक्सीमा राखि एकान्त स्थानमा लगि लुटपाट गर्दै कुटपिट गरि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

थापाले माघ २४ गते खड्कालाई कुटपिट गरि सामान लिएर सख्त घाइते बनाएका थिए । राति पनि साइकलमा सोही स्थान पुगेर दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसि क्यामेरा फुटेजबाट देखिएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा तेह्रथुम म्याङलुङ एक घर भइ काठमाडौंको माछापोखरी बस्ने सोनाम नेपाललाई पक्राउ गरेको छ । काठमाडौंको बसन्तनगरमा संचालन भएको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा बिभिन्न संघसंस्थाहरुका लेटरप्याड र छापहरु फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार