२०८१ बैशाख १३ बिहीबार

नेपालका मदरसामा कट्टरपन्थीको बिगबिगी

नेपालका मदरसाहरुमा कट्टरपन्थीहरुको बिगबिगी बढ्दै गएकाले सुरक्षा खतरा बढेको छ । नेपाली मदरसाको नाममा विभिन्न शंस्कास्पद गतिविधि हुनुले पनि यसलाई पुष्टि गर्दछ । पाकिस्तानको आर्थिक प्रायोजन र सहयोगले नेपालमा तबलिगी जमात पठाउने र मदरसालाई कट्टरपन्थी क्रियाकलाप बढाउन रकम उपलब्ध गराउने लगायतका काम भइरहेका छन् ।
यसलाई सहज बनाउने काम नेपाल सरकारले नै गरेको देखिन्छ । त्यसको प्रमुख उदाहारण भनेको नेपालको उदार भिसा व्यवस्था नै रहेको विदेश विज्ञहरु बताउँछन् । अर्कातर्फ सरकारले नेपालमा विदेशी भित्र्याउन मरिहत्ते गर्छ । को र कस्तो भन्दा विदेशीलाई नेपाल भित्र्याउन पाइयो भने पर्यटकको संख्यामा वृद्धि हुने कुतर्क गरिरहँदा पनि नेपालमा यस्तो गतिविधि बढ्न गएको विश्लेषण गरिएको छ ।
सोही कमजोरीको फाइदा उठाउँदै पाकिस्तानबाट तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा नेपाल आएर धर्म परिवर्तन, कट्टरपन्थी गतिविधिहरूमा संलग्न रहने गरेका छन् । सरकारले नियमन र सुपरिवेक्षणको संरचना तयार गरेर यस्तो गतिविधि रोक्नेतर्फ पहलकदमी गर्नुपर्नेमा सरोकारवालाको जोड रहे पनि सरकारले भने अहिलेसम्म त्यस्तो कुनै कदम चालेको छैन ।
पाकिस्तानले अपराध, नक्कली मुद्रा, नाबालिग विवाह, नेपाललाई असर पार्न विभिन्न धार्मिक माध्यमहरू प्रयोग गरिरहेकोसमेत पाइएको छ । अहिले आपराधिक गतिविधि गर्न नेपालमा सजिलो हुने भन्दै पाकिस्तानीहरुको अखडा नै बन्दै गएकोसमेत विश्लेषण गरिएको छ ।
नेपालमा थुप्रै मदरसाहरु सञ्चालनमा छन् । ती मदरसाहरु कसरी चलिरहेका छन् भन्ने विषयमा सरकारले सुक्ष्म अनुसन्धान गर्न नसक्दा पाकिस्तानका कट्टपन्थीहरुले नेपाललाई प्रयोग गरिरहेको बुझ्न गाह्रो छैन । नेपाली भूमिमा पाकिस्तानी व्यक्ति पक्राउ पर्नुले पनि अवस्था जटिल बन्दै गएको देखाउँछ । नेपालमा भइरहेको पास्कितानी गतिविधिलाई बेलैमा नजरअन्दाज गर्न सकिएन भने भोलिका दिनमा जटिल समस्या भोग्नुपर्ने परिस्थिति सिर्जना नहोला भन्न सकिन्न ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 0 Minutes 273 Views

ताजा समाचार