२०८३ जेष्ठ २१ बिहीबार

नेपाल विद्युत् प्राधिकरणको मल्टी मिलियन डलर प्रोजेक्ट जीई ग्रिड सोलुसनलाई

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गर्न लागेको मल्टी मिलियन डलर प्रोजेक्ट जीई रिन्यूएबल एनर्जी ग्रिड सोलुसन बिज़नेसलाई प्रदान गरिएको छ ।

एडिबीले लगानी गरेको उक्त प्रोजेक्टले नेपालमा चालु र निकट भविष्यमा आइपर्ने विद्युतको मागअनुसार विद्युत् आपूर्ति गर्नको लागि ३९ वटा सवस्टेशन र छ वटा मास्टर कन्ट्रोल सेन्टर निर्माण गर्नेछ ।

नेपालमा उत्पादन भएको विद्युत् लोड सेन्टरसम्म सहज र निर्बाध रूपमा पुर्‍याउन को लागि प्रसारण प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । सन् २०१६ मा, नेपाल सरकारले आगामी १० वर्षमा थप दश हजार मेगावाट उत्पादन क्षमता जडान गर्ने र बढी भएको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्ने योजना अघि सारेको थियो।

२०७९ माघ २६, बिहीबार प्रकाशित 0 Minutes 610 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।