२०८१ बैशाख १४ शुक्रबार

झापामा छात्राले आत्महत्या गरेपछि शिक्षक प्रहरीको नियन्त्रणमा

गौरीगञ्ज । झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन्। उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्।

मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पताल पुर्‍याइएको थियो।

उनको त्यहाँ उपचार क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक (इन्स्पेक्टर) गुरूप्रसाद तिमिल्सेनाले जानकारी दिए।

शिक्षकले कुटपिट गरेका कारण उनले आत्महत्या गरेको विद्यार्थीहरूले बताएका छन्।

विद्यार्थीको समूह बुधबार प्रहरी कार्यालयमा समेत पुगेको इन्स्पेक्टर तिमिल्सेनाले बताए।

‘कुटपिटका कारण विद्यार्थीले आत्महत्या गरेको भन्ने आरोप छ। आरोप लागेपछि हामीले शिक्षकलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने।

शव पोष्टमर्टमपछि घटनाबारे थप खुल्ने पनि उनले बताए।

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 291 Views

ताजा समाचार