२०८३ जेष्ठ २१ बिहीबार

सप्तरीको गोबरगाढा टापुमा भारतीय डाँका समूह र स्थानीय बीच झडप,एकजना घाईते

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका -१३ गोबरगाढा टापुमा आज दिउँसो भारतीय डाँका समूह र स्थानीय बीच झडप हुँदा एक जना घाईते भएको छ। दिउँसो ४ बजे तिर १०-१५ जनाको समुहमा आएका भारतीय डाँका समुहले स्थानीयको गाईभैसी जबर्जस्ती भारत तर्फ लैजान थालेपछि दोहारो झडप भएको वडा अध्यक्ष कुशेश्वर यादवले बताए ।

झडपमा भारतीय डाँकाको गोली लागेर स्थानीय ६२ बर्षिय महेन्द्र पासवान घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक तिर्थ पौडेलले बताए । घटनास्थलमा सशस्त्र प्रहरी पुगेको र घटना बारे बिस्तृत विबरण आउन बाँकी रहेको उपरीक्षक पौडेलले बताए । घटनास्थल चारैतिर कोशी नदीले घेरिएको छ। डाँकाहरू ढुंगा चढेर भारत तर्फ लागेको र खोजतलास भईरहेको एसपी पौडेलले बताए ।

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।