
काठमाडौं- इजरायलले गाजाको खान युनिस शहरका एक बालरोग चिकित्सको घरमा गरेको हवाई आक्रमणमा चिकित्सकका ९ सन्तानको मृत्यु भएको छ ।
नासेर अस्पतालमा कार्यरत डा अला अल नज्जारका १० सन्तान मध्ये ९ जनाको मत्यु भएको हो । नज्जारका ११ वर्षीय छोरा र श्रीमान् भने आक्रमणमा घाइते भएका छन् ।

नज्जारका घाइते छोराको शल्यक्रिया गरेका बेलायती चिकित्सकले ग्रेयम ग्रुमले बालबालिकाकै उपचारमा आफ्नो जीवन समर्पण गरेकी चिकित्सकले क्षणभरमै आफ्ना ९ सन्तान गुमाउनु असह्य र क्रुर घटना भएको बताउनु भयो ।
स्वास्थ्यकर्मी र उनीहरुको परिवार माथिको आक्रमण निन्दनीय भएको भन्दै इजरायली आक्रमणको निन्दा गरिएको छ ।
इजरायली रक्षा सेनाले खान युनिस शहरका विभिन्न क्षेत्रमा शंकास्पद व्यक्तिहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ । घटनामा सर्वसाधारणको क्षति भएको भन्ने दाबीका विषयमा समीक्षा भइरहेको जनाएको छ ।नेपाल टिभी अनलाइनबाट ।