२०८१ बैशाख ७ शुक्रबार

नेपाललाई युएसएआइडीका माध्यमबाट थप करिब छ करोड डलर सहयोग गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकन नियोग युएसएडका प्रमुख सामन्था पावर बिच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुईपक्षीय हित र नेपाल अमेरिका सहयोगका विषयमा कुराकानी भएको छ ।

सो क्रममा प्रधानमन्त्री दाहालले नेपाललाई युएसएआइडीका माध्यमबाट थप करिब छ करोड डलर सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास प्रकट गरेका छन । भेटमा पावरले एमसीसीको कार्यान्वयन लगायतका विषयमा चासो राखेको बताइएको छ । यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन ।

भेटमा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यान्वयनमा जोड दिएकी छिन । उनले यसअघि मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन । उनी आजै राति स्वदेश फर्कने कार्यसूचि छ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् ।

२०७९ माघ २५, बुधबार प्रकाशित 0 Minutes 207 Views

ताजा समाचार