
मेचीनगर ।
झापाजिल्लाका का १५ पालिकामध्ये सबैभन्दा धेरैबेरुजु मेचीनगर नगरपालिकामा रहेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार मेचीनगरमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा रहेको छ । बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
बिर्तामोड नगरपालिकाको ३.२४ प्रतिशत अर्थात १० करोड ५५ लाख २८ हजार, भद्रपुर नगरपालिकाको २.९८ प्रतिशत अर्थात ६ करोड ३० लाख ५६ हजार, शिवसताक्षी नगरपालिकाको १.७६ प्रतिशत अर्थात ३ करोड ९७ लाख ९७ हजार, अर्जुनधारा नगरपालिकाको ३.४४ प्रतिशत अर्थात ६ करोड ३७ लाख १९ हजार, कन्काई नगरपालिकाको २.७९ प्रतिशत अर्थात ४ करोड ४१ लाख ४२ हजार, गौरादह नगरपालिकाको १.९२ प्रतिशत अर्थात ३ करोड ९७ लाख ३८ हजार, दमक नगरपालिकाको १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार, गौरीगञ्ज गाउँपालिकाको १.५२ प्रतिशत अर्थात १ करोड ९६ लाख ३७ हजार, कमल गाउँपालिकाको १.९३ प्रतिशत अर्थात ३ करोड ७७ लाख ३८ हजार, झापा गाउँपालिकाको १.०२ प्रतिशत अर्थात १ करोड १५ लाख ३१ हजार र हल्दिवारी गाउँपालिकाको ३.२१ प्रतिशत अर्थात ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ ।
