२०८२ बैशाख २८ आईतवार

खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या

लीलाराज खड्का

बिर्तामोड, वैशाख २८ गते । झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

शनिवार राती ११ः२० बजेको समयमा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने वर्ष ३५ को कविराज हेमरनले श्रीमती वर्ष ३४ की पूजा हेमरनको खुकुरीले घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खुकुरी र श्रीमान् कविराज हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख २८, आईतवार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार