२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । दसौंदी सत्ता गठबन्धनतर्फबाट साझा उमेदवार बनेका थिए ।

लुम्बिनी प्रदेशमा आज भएको उपनिर्वाचनमा एमाले उम्मेदवार दसौंदीले ४ हजार २६ मतभारका साथ निर्वाचित भएका हुन् । दसौंदीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १ सय ९२ मतभार मात्र पाए । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बुधबार उपनिर्वाचन भएको हो ।

निर्धारित अवधिमा घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशका तीन सय पाँच मतदातामध्ये तीन सय चार जनाले मतदान गरेका गरेका थिए ।स्थानीय तह अन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले उपस्थित भइनन् । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो ।

२०७९ माघ २५, बुधबार प्रकाशित 0 Minutes 182 Views

ताजा समाचार