२०८३ जेष्ठ २१ बिहीबार

मेचीभन्सारको उत्तरको गेट बन्द, अब सहज भयो आवत जावत गर्न

मेचीनगर । नेपालको पूर्वी नाका काँकरभिट्टामा सर्वसाधारण यात्रुहरुको आवात जावतलाई सहज बनाउन मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द गरेर एशियन हाइवेको बाटो खुल्ला गरेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले भारत लगायत विदेशबाट आउने पर्यटक र सर्वसाधारण यात्रुहरुलाई आवात जावतमा समस्या नहोस् भनेर उत्तरपटिको गेट बन्द गरेर सिधै एशियन हाइवेको बाटो खुल्ला गरिएको जानकारी दिए ।

गाडी लिएर आएका पर्यटक र यात्रुहरुलाई भन्सार गेटमा झनझट र धेरै समस्या भएपछि मेचीनगर नगरपालिका, यहाँका सबै राजनीति दलहरु, यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायीले भन्सारलाई आवगमन सहज गर्न अनुरोध गरेका थिए ।

आज कोशी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नं। वडाका वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले निरीक्षण गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले सर्वसाधारणहरु पारीबाट आउदा वा जाँदा नाकामा धेरै झनझट भएकाले व्यवस्थित गर्न आग्रह गरे अनुसार भन्सार कार्यालयले आजदेखि आवात–जावतमा सहजता ल्याएको बताए ।

यसअघि पारिबाट आएका विदेशी गाडी, पर्यटक र यात्रुहरुलाई भन्सार गेट उत्तरबाट घुमाएर बसटर्मिनल छेउ निकालेर एशियन हाइवेसँग जोडिन्थ्यो । सोझै गाडी र यात्रु एशियन हाइवे बाटोबाट जान पाउँदैन थिए ।

अब यात्रुशाखाबाट गाडीको भन्सार गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सारका कर्मचारीले स्टीकरसहितको सुरक्षा जाँच गरेपछि सिधैँ एशियन हाइवेको बाटो प्रयोग गर्न सकिने छ ।

२०८२ बैशाख ५, शुक्रबार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।