२०८१ बैशाख १३ बिहीबार

भद्रपुर झापा गोल्डकप र मुख्य प्रायोजकबीच सम्झौता

भद्रपुर । आगामी फागुन ७ देखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन हुने भद्रपुर झापा गोल्ड कपका लागि आयोजक तथा मुख्य प्रायोजकबीच सम्झौता भएको छ ।

आज (मंगलबार) भद्रपुर झापा गोल्ड कप र मुख्य प्रायोजक चौधरी ग्रुप (सीजी) ब्रुअरी (मुस्ताङ बियर) र गोल्डकप आयोजकबिच सम्झौता भएको हो ।

भद्रपुर झापा गोल्ड कप आयोजक समितिकाका अध्यक्ष दिपेश ढकाल र सीजीका नेशनल सेल्स हेड युवराज खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भद्रपुर झापा गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

सम्झौता कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, आयोजक समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष हिक्मत घिमिरे, महासचिब जीवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हिमाल खरेलले गरेका थिए ।

मेची रंगशालामा १८ बर्षपछि हुन लागेको भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ तथा ट्रफी र मेडल पाउने छन् । त्यस्तै, प्रतियागिताभरिको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउने पत्रकार भेटघाटमा बताईएको छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 246 Views

ताजा समाचार