२०८३ जेष्ठ २१ बिहीबार

कैलाश सिरोहियाले दिए रवि लामिछानेलाई आरोप पुष्टि गर्न चुनौती

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् । अध्यक्ष सिरोहियाले आज विज्ञप्ति जारी गर्दै लामिछानेले लगाएका लाञ्छनाको पाँच बुँदामा जवाफ दिदै उनले आरोप पुष्टि गर्न चुनौती दिएका हुन । सिरोहियाले नेपालको नागरिकताबिना सांसद र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भइ पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोकमा तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको बताएका छन ।

लामिछाने आईतबार पत्रकार सम्मेलन कानुनी रूपमा स्थापित तथ्यका आधारमा समाचार लेख्ने मूलधारका मिडिया, मिडिया सञ्चालक र पत्रकारहरूको नामै किटान गरी विभिन्न आरोप लगाएका थिए । लामिछानेको स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार कसैलाई पनि सह्य नहुने उनको भनाइ छ । कान्तिपुरका पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरिए लामिछाने र उनको पार्टीले लिनुपर्ने अध्यक्ष सिरोहियाको भनाइ छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 439 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।