
धुलाबारी । नेकपा (माओबादी केन्द्र )मेचीनगरको अध्यक्षमा राजन चिमरिया सर्वसम्मत भएकाछन् ।
पार्टीको शनिबार धुलाबारीको पासाङ ल्हामू स्मृति सभाहलमा भएको नगर अधिवेशनको बन्द सत्रले चिमरियालाई नगर कमिटीको अध्यक्षमा पुनः चयन गरेको हो ।

अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा जगतबहादुर विश्वकर्मा, मानबहादुर गिरी, लीला सुब्बा राजबंशी र मेनका घिमिरेलाई चयन गरेको छ ।
सचिवमा कृष्णराज सिटौला, सहसचिवमा तिलक थापा, कोबिलाल मेचे र ज्ञानेन्द्र सम्बाहाम्फे चयन भएकाछन् भने कोषाध्यक्षमा बसन्त राजबंशी चुनिएकाछन् ।
चिमरियाको अध्यक्षतामा चयन भएको नगर कमिटी ५१ सदस्यीय रहेको छ ।
अध्यक्ष पदमा सर्वसम्मत चयनभएका राजन चिमरिया ऋतिका डेरी उद्योगका सञ्चालक र चारआली खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेकाछन्।
पार्टीका केन्द्रीय नेता अजम्बर काम्बाङ प्रमुख अतिथि रहेको सो भएको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्यहरु रञ्जित तामाङ र ज्योतिसिंह दर्लामी, नेकपा एकीकृत समाजबादीकी केन्द्रीय सदस्य सविता भण्डारी, पार्टीका झापा समन्वय समितिका संयोजक राजु आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सो अवसरमा पार्टीको जनयुद्ध लगायत विभिन्न आन्दोनलका कालखण्डमा सहयोग पुर्याउनु हुने दर्जनौंलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।