२०८१ बैशाख ८ शनिबार

नेपालमा बढ्दो अमेरिकी चासो

नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआईडी की प्रमुख सामन्था पावरले आज परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गरेकी छिन । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा ‘एमसीसी’ परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुकबाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोग लगायतमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गरेकी छिन । पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिवद्धता जनाएकी छिन । आजै उनले नागरिक समाजका केही प्रतिनिधीसंग पनि भेटवार्ता गरेकी छिन । पावर आज विहान दुई दिने भ्रमणका लागि नेपाल आएकी हुन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । पावर सन् २०२१ को मे ३ तारिखयता युएसएआइडीकी प्रमुख छिन ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 161 Views

ताजा समाचार