२०८२ बैशाख २७ शनिबार

सामुदायिक वनमा ‘वनभोज कार्यक्रम’ नर्गन मेयरको आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सामुदायिक वनहरुमा वनभोज कार्यक्रम नर्गन आग्रह गरेका छन् ।
आज मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहको परिसरमा सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरले आयोजना गरेको श्रोतविहिन सामुदायिक वनको सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
नगरप्रमुख बुढाथोकीले सामुदायिक वनमा वनभोजका नाममा ठुलो आवाजमा माइक बजाएर ध्वानी प्रदुषण गर्ने, प्लास्टिकका वोतलहरु फाल्ने, फोहोर गर्ने लगायतका कारणले बोटविरुवा मर्ने, जीवजन्तु भाग्ने बताए ।
उनले भने–‘वनमा फेलिङ र पुलिङका नाममा जनवारहरुले खाने वनस्पतिहरु मासिएका छन् । कुसुम, खिरा, यमुना, अंगेरी, देव्रे लहरा लगायत प्रजातिका वनस्पति लोप भएकाले जीवहरु हराए ।’
चुरे क्षेत्रको संरक्षण गर्न सके वन, वनस्पति र जीवहरु जोगाउन सकिने उनको भनाई छ । उनले खोला किनारमा वृक्षारोपण र बाँसहरु रोप्न आग्रह गरेका छन्।
कार्यक्रममा नगरप्रमुख बुढाथोकी, २ नं.वडाका वडाध्यक्ष दिपक बराल, डिभिजन वन कार्यालय झापाका प्रमुख (डिएफओ) भरतबाबु श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, तेलपानी सामुदायिक वनका अध्यक्ष बुद्व लिम्बु, वडा नं.१ को दुधेचौरी सामुदायिक वनकी सचिव संगीता पुरी, भीमसीन कृष्णथुम्की सामुदायिक वनका अध्यक्ष एकराज घिमिरे, वडा नं.३ को महिला सिर्जना सामुदायिक वनकी अध्यक्ष गायत्रा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सोही अवसरमा भर्खरै डिभिजन वन कार्यालय झापा आएका नयाँ डिएफओ श्रेष्ठलाई स्वागत स्वारुप सम्मान गरिएको थियो ।
मेचीनगरमा १३ वटा सामुदायिक वनहरु रहेका छन् । त्यसमध्ये ३ वटा सामुदायिक वनहरुको अवस्था संकटमा रहेको छ । जसमा दुधेचौरी सामुदायिक वन, भीमसीन कृष्णथुम्की सामुदायिक वन र महिला सिर्जना सामुदायिक वन समस्यामा छन् । यी श्रोतविहिन सामुदायिक वनका विषयमा छलफल भएको थियो ।
यी वनहरुको क्षेत्रफल कम्ती, आय श्रोत नभएको, मदन भण्डारी राजमार्गले छोएको, रुखहरु काट्नु पर्ने अवस्था रहेको, नदी कटानमा परेको लगायतका कारण मर्ज गर्ने की कार्ययोजना बनाएर डिभिजन वन कार्यालयमा प्रस्ताव लाने विषयमा छलफल भएको बताइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले स्वागतसहित कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । कार्यक्रमको सञ्चालन नगर महासंघका महासचिव खेमराज राईले गरेका थिए ।

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित 0 Minutes 36 Views

ताजा समाचार