२०८३ जेष्ठ २१ बिहीबार

काकरभिट्टा बहुमुखी क्याम्पसमा नेविसंघका राई विजयी

मेचीनगर । काकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका सुरज राई विजयी भएकाछन् । मंगलबार सम्पन्न निर्वाचनको मतगणनामा नेविसंघका राईले १५१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका संगम बरालले ८८ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेद्वार राप्रविसंघका संजोग खनालले १० मत पाएका थिए ।

त्यस्तै सचिवमा अनेरास्ववियुका एलिस पौडेलले १२९ मत प्राप्त गरी विजयी भएकाछन्। नेविसंघका सचिव पदका उम्मेद्वार अंकित प्रसाद चम्लागाईले ९७ मत पाएका थिएभनेराप्रविसंघका सोभियत श्रेष्ठले २१ पाएका थिए ।
त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी रिया ढुंगाना विजयी भएकीछन् ।ढुंगानाले ९५ मत प्राप्त गरी विजयी हुदा अनेरास्ववियुका सचिव पदका उम्मेद्वार सुवास गौतमले ८८ मत पाएका थिए भने राप्रविसंघका आकाश बहादुर बस्नेतले ५४ मत पाएका थिए ।

त्यसैगरी प्रत्यक्ष तर्फको सदस्यहरूमा नेविसंघका सन्ध्या कार्की, विज्ञान राई र निश्चल तामाङ विजयी भएकाछन् भने अनेरास्ववियुका प्रदिप्ती ढकाल र मानव ढुंगेल विजयी हुनु भएको निर्वाचन अधिकृत हेमकुमार खड्काले जानकारी दिए। सदस्यमा नै समान मत ल्याएर बराबरी हुनु भएका नेविसंघका भुवनसिंह खड्का र अनेरास्ववियुका इसाक खडियाबीच गोला प्रथा गर्दा अनेरास्ववियुका खडिया विजयी भएका थिए ।

३२४ मतदातामध्ये २५४ मत खसेको काकरभिट्टा क्याम्पसको समानुपातिक तर्फ नेविसंघले ११७, अनेरास्ववियुले ८१, अनेरास्ववियु एसले २३, अनेरास्ववियु क्रान्तिकारीले २१ र राप्रविसंघले ११ मत प्राप्त गरेको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नेकपा(एमाले)नेकपा(माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)पार्टी निकट अखिलको संयुक्त मोर्चाको प्यानल थियो भने नेविसंघ र राप्रविसं एक्लाएक्लै निर्वाचनमा उभिएका थिए ।

२०८१ चैत्र ६, बुधबार प्रकाशित 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।