२०८१ चैत्र ५ मंगलवार

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

न्युज अफ नेपाल

जनकपुरधाम ।

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले घटनाबारे थप बुझिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

२०८१ फाल्गुन २३, शुक्रबार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार