२०८१ बैशाख १३ बिहीबार

बिर्तामोड नगर उपप्रमुखकै मोटरसाइकल चोरी

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको मोटरसाइकल चोरी भएको छ । उपप्रमुख सङ्ग्रौलाको प्रदेश ०२–०३–००८ प १७२७ नम्बरको टिभिएस कम्पनीको निलो रंगको निजी मोटरसाइकल शनिवार साँझ करिब ५ बजेर ३० मिनेटको समयमा भद्रपुर रोडमा पाकिङ गरिराखेको ठाउँबाट चोरी भएको हो ।
नगर उपप्रमुख सङ्ग्रौलाले आफूले प्रदीप फार्मेसी अगाडि पार्किङ गरेर उपहार बुक्स सेन्टरमा पुस्तक किन्न गएको समयमा मोटरसाइकल चोरी भएको बताए ।

उनले पार्किङ गरेको २० मिनेट भित्रमा मोटरसाइकल चोरी भएको बताए । उप प्रमुख सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्नो मोटरसाइकल हराएकोले भेट्नुहुने, देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेका छन् । हराएको मोटरसाइकलको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमणिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

२०७९ माघ २२, आईतवार प्रकाशित 0 Minutes 264 Views

ताजा समाचार