२०८३ जेष्ठ २१ बिहीबार

काँकरभिट्टामा भव्यताका साथ मनाइयो ग्याल्बो ल्होसार

मेचीनगर । मेचीनगरमा शेर्पा समुदायले नयाँ वर्षका रुपमा २१५२ औं ग्याल्बो ल्होसार भव्यताका साथ मनाएका छन् । नेपाल शेर्पा संघ मेचीनगर समितिले काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा भव्यताका साथ पर्व मनाएको हो । नयाँ पुस्तालाई पर्वको महत्व बारे बुझाउँदै संस्कृतिबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाल शेर्पा संघ मेचीनगरका अध्यक्ष पासाङ शेर्पाले बताए । कार्यक्रमका प्रमुख अतिथिका रुपमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रो देश विभिन्न जातजाती, धर्म संस्कृति, रतिरिवाज सबै मिलेर बसेको साझा थलो भएकाले यस किसिमका कार्यक्रमले हाम्रो भातृत्व र सद्भावलाई नयाँ पुस्तासामु चिनाउने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका झापा जिल्ला कार्यवाहक अध्यक्ष केवल राम राई, मेचीनगर अध्यक्ष वाईबा तामाङ, नेपाल शेर्पा संघ झापा अध्यक्ष दिकु शेर्पा, नेपाल आदिवासी जनजाती समन्वय परिषद मेचीनगर ६ की अध्यक्ष रोजी तामाङ, मेची सामुदायिक केन्द्रका अध्यक्ष मुक्ति पौडेल, पे्रस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काँकरभिट्टका अध्यक्ष सांगेल तामाङ, मगर समाजका अध्यक्ष रुपेश मगर, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष राम तामाङ, नेवा दे दवुका अध्यक्ष कमल गुवाजु, तमु छोजदी गुरुङ समाज मेचीनगरका अध्यक्ष सुबाश गुरुङ, भुजेल समाजका अध्यक्ष देवराज सुनुवार लगायतको आतिथ्यता रहेको थियो ।नगर अध्यक्ष शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सोनाम लामा शेर्पाले गरेका थिए ।

 

२०८१ फाल्गुन १९, सोमबार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।