२०८१ बैशाख ८ शनिबार

रास्वपाका सांसदहरूद्वारा संसद बहिष्कार

काठमाडाैँ । प्रतिनिधिसभाकाे बैठक हाल जारी छ । बैठक आज दिउँसाे १ बजेपछि सुरु भएकाे हाे। तर बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी भएकाे छैन ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक चलिरहेकाे कारण सांसदहरू प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको एक सांसदले जानकारी दिए ।

‘कार्यव्यतस्ताले गर्दा संसदमा जान नसकेकाे हाैँ । आज अधिकांश सांसद बैठकमा उपस्थित हुन सक्दैनाैँ’, उनले भने ।

रास्वपाको बैठक जारी छ । बैठकमा अब सरकारमा रहने या नरहनेबारे अन्तिम टुङ्गाे लगाइँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेकाे नागरिकता अवैध ठहर भएपछि गृहमन्त्रालय रास्वपाले नपाउने संकेत देखिएकाे छ ।

रवि मात्र नभएर रास्वपालाई नै गृहमन्त्रालय दिन प्रधानमन्त्री तयार नदेखिएपछि अन्य मन्त्रालय लिएर सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्ने विषयमा टुङ्गाे लगाउन उक्त बैठक बसिरहेकाे हाे ।

स्राेतका अनुसार रास्वपाका अधिकांश नेता अन्य मन्त्रालय लिएर भए पनि सरकारमा सहभागी हुने पक्षमा छन् ।

२०७९ माघ २२, आईतवार प्रकाशित 0 Minutes 237 Views

ताजा समाचार